Incident Reports

बारामा अनिश्चितकालिन निषेधाज्ञा जारी, घरबाहिर ननिस्कन निर्देशन

2020-05-12

कोरोना संक्रमित बढ्दै गएपछि मध्य तराईको बारा र पर्सामा अनिश्चितकालिन निशेधाज्ञा जारी गरिएको छ । मंगलबार राती ८ बजेदेखि उक्त क्षेत्रमा निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने (अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ । भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Lockdown Enforcement
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people N
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments