Incident Reports

जनप्रतिनिधिले धम्की दिएको पत्रकारको आरोप

2020-05-06

Province 1, Sunsari, Harinagara, Ward 2

हरिनगर गाँउपालिका–२ का २४ वर्षीय लुकमान अन्सारी र सोही ठाँउका ३० वर्षीय तवरेज आलम अन्सारीले समाचारको विषयलाई लिएर गाँउपालिका अध्यक्षले धम्की दिएको आरोप लगाउनु भएको छ ।

भूकम्प साप्ताहिकमा कार्यरत पत्रकारद्वयले वैशाख ३१ गते विज्ञप्ति जारी गर्दै सुरक्षाको माग गर्नु भएको छ ।

गाँउपालिका अध्यक्ष गफार अन्सारी मियाँले वैशाख २४ गते फोन गरेर बोरामा हाली सीमा कटाइदिने धम्की दिएको पीडित पत्रकार लुकमान अन्सारीले बताउनुभयो ।

गाँउपालिकाले रातहमा वितरण गरेको चालमको गुणस्तरीयता र राहत नपाएकाहरूको गुनासो भूकम्प साप्ताहिकको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेपछि धम्की आएको पीडित पत्रकारको भनाइ छ ।

पत्रकारलाई जनप्रतिनिधिले धम्की दिएको विषयमा प्रष्ट जानकारी नआएको र यदि समाचारकै विषयलाई लिएर कसैले धम्की दिएको भए सो विषयमा कारबाहीका लागि महासङ्घ तयार रहेको पत्रकार महासङ्घ सुनसरी अध्यक्ष अमर खड्काले बताउनु भयो ।

पत्रकारलाई धम्की दिएको विषयमा गाँउपालिका अध्यक्ष गफार अन्सारीले लुकमान र तवरेज गाँउले भाञ्जा भएकाले आफूले धम्की नदिएको तर सुध्रिनका लागि भने सुझाव दिएको बताउनु भयो ।

पीडित पत्रकारद्वयले वैशाख ३१ गते जारी गरेको विज्ञप्तिमा ज्यानको सुरक्षा गर्न माग गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
INSEC

0 Comments