Incident Reports

पोखरीबाट पेस्तोल बरामद

2020-05-14

Madhes, Mahottari, Matihani, Ward 9

महोत्तरीको जलेश्वर–मटिहानी सडकखण्डमा पर्ने जलसागर पोखरीबाट सशस्त्र प्रहरी नलकटुवा पेस्तोल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वाटर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीका अनुसार बुधबार प्राप्त गोप्य सूचनाका आधारमा मटिहानी नगरपालिका–९ अवस्थित जलसागर पोखरीबाट एक थान नलकटुवा पेस्तोल बरामद गरिएको हो ।

होम मेड तथा चालु अवस्थामा रहेको सो नलकटुवा पेस्तोल पानीमुनि रहेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ तर त्यसमा कुनै गोली नरहेको जनाइएको छ । प्राप्त नलकटुवा पेस्तोल सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

National/Online Media

0 Comments