Incident Reports

वडाध्यक्षका समर्थकद्वारा तालाबन्दी,पलाँता गाउँपालिका विवाद

2020-05-13

Karnali, Kalikot, Palata, Ward 2

पाँच दिनअघि कालिकोटको पलाँता गाउँपालिका भएको विवादले चर्को रुप लिदैं गएको छ । बैशाख २७ गते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, वडा नं. २ का अध्यक्ष मानबहादुर भण्डारी र नेकपाका गाउँपालिका अध्यक्ष बिष्णु रोकायाबीच भएको विवाद वडा कार्यालयमा तालाबन्दीसम्म पुगेको छ ।

पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बम, वडा अध्यक्ष भण्डारी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का गाउँपालिका अध्यक्ष रोकाया पक्षबीच झडप भएको थियो ।

झडपमा परि गाउँपालिका अध्यक्ष बमकी श्रीमती गोरीकला बमलगायतका घाइते भएका थिए । श्रीमती घाइते भएपछि गाउँपालिका अध्यक्ष बमले वडा अध्यक्ष भण्डारी र नेकपाका गाउँपालिका अध्यक्ष रोकायाबिरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा मुद्दा दायर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले वडा अध्यक्ष भण्डारी र रोकायालाई बुधबार पक्राउ गरेपछि उनी पक्षका नेकपाका नेता कार्यकर्ताले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । भण्डारी र रोकाय पक्षकाले गाउँपालिका अध्यक्ष बमका विरुद्धमा चर्को नाराबाजी पनि गरेका छन् । कालो झण्डासहित वडा कार्यालयमा तालावन्दी गरिरहेका उनीहरुले अध्यक्ष बमले १० महिनादेखि शिक्षक कर्मचारीलाई तलव नदिएको, अग्नी पीडितलगायतका लागि आएको पैसा हिनामिना गरेकोलगायतका आरोप लगाएका छन् । भण्डारी र रोकाय पक्षका स्थानीयले गाउँपालिकाका सबै वडा कार्यालयमा तालावन्दी गर्ने चेतावनी दिएका छन् । गाउँपालिकाको वडा नम्वर १ र २ नम्बरमा तालाबन्दी गरिसकेको नेकपाका स्थानीय नेता मनप्रसाद न्यौपानेले बताए ।

बम पक्षधर पनि प्रदर्शनमा

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पक्षधरहरुले वडा अध्यक्ष भण्डारी र नेकपा गाउँपालिका अध्यक्ष रोकायाको कारवाहीको माग गर्दै पलाँता गाउँपालिकाको थिर्पु प्रहरी चौकीमा दुई दिनदेखि प्रदर्शन गर्दै आएका छन् । वडा अध्यक्ष भण्डारी र नेकपा गाउँपालिका अध्यक्ष रोकायालाई कारवाहीको माग गर्दै दुई दिनदेखि प्रहरी चौकीमा प्रदर्शन भइरहेको स्थानीय पूर्णबहादुर बमले बताए ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments