2020-05-14
Bagmati, Kabhrepalanchok, Bhumlu
१ जेठ, काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लुमा क्रसर व्यवसायी र स्थानीयबीच झडप भएको छ । कोरोना महामारीका बेला क्रसर नियमित रुपमा चलिरहेको भन्दै स्थानीयले टिपर रोकेपछि शुरु भएको विवादका कारण झडप भएको हो ।
भुम्लु गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष एवं प्रत्यक्षदर्शी दलबहादुर तामाङले झडपबाट दुबै पक्षका केही युवा घाइते भएको जानकारी दिए । ‘टिपर चलाउन नदिने भन्ने विषयमा विवाद हुँदा झडप भएको हो, मैले ३ जना घाइते भएको देखेको छु, अरु पनि हुनसक्छन्’ वडाध्यक्ष तामाङले भने ।
१ जेठदेखि वितरण गरिएको पास समेत सरकारले खारेज गरेर लकडाउन कडा गरिएको बेला पनि टिपरले लगातार गिटीबालुवा ओसारी रहेको भन्दै स्थानीयले विरोध गरेका थिए ।
क्रसर व्यवसायीहरुले साँझको समयमा भए पनि आफ्नो काम नियमित गर्ने भएपछि त्यहाँ झडप भएको हुनसक्ने अध्यक्ष तामाङको भनाइ छ ।
झडप भएको स्थानमा अहिले दोलालघाटबाट प्रहरीको टोली पुगेको र मिलाउने प्रयास भइरहेको उनले बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Group Clash |
Weapons | Unclear |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Secondary Cause | Lockdown Enforcement |
Actor 1 - Number of people | 10 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 5 |
Actor 2 - Affiliation | Private company |
Actor 2 - Youth | na |
Total Injured | 3 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD