Incident Reports

वडाध्यक्षमाथि कुटपिट

2020-05-18

Sudurpashchim, Baitadi, Dogadakedar, Ward 7

यस्तै दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष भरत महरा पनि कुटिएका छन् । सोमबार स्थानीय सिल्लेगडा बजारमा युवाको एक समूहले वडाअध्यक्ष महरालाई कुटेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । लकडाउनको उल्लंघन गर्दै गाडी किन चलाएको भन्दै युवाहरुलाई वडाअध्यक्ष महराले रोक्न खोज्दा बिवाद उत्पन्न भएको हो ।

बिवादले उग्र रुप लिएपछि कुटाकुटको स्थिति आएको प्रहरीले जनाएको छ । कुटपिटबाट वडाअध्यक्ष घाइते भएका छन् । घाइते वडाअध्यक्षलाई उपचारको लागि धनगढी गएका आएका छन् । वडाअध्यक्ष महराको नाकमुख, टाउको र पेटमा चोट रहेको छ ।

कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण जोशी, हरि जोशी, नरिनराज जोशी र राजिब धामी रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments