Incident Reports

कोरोना संक्रमित ल्याउन लागिएको भन्दै कोहलपुरमा विरोध

2020-05-19

Lumbini, Banke, Kohalpur, Ward 8

बाँकेको नरैनापुर गाउँपालिकामा राखिएका ५९ जना कोरोना संक्रमितहरु आइसोलेसनमा जान नमानिरहेका बेला उनीहरुलाई ल्याउन लागिएको भन्दै कोहलपुरमा स्थानीयहरु विरोधमा उत्रिएका छन् । कोहलपुरमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा उनीहरुलाई ल्याउने तयारी भएपछि स्थानीय सडकमै उत्रिएका हुन् ।

कोहलपुर वडा न. ८ स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा यसअघि नै भारतबाट फर्केका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु वडा न. ८ र ९ का हुन् । क्वारेन्टाइनमा बसेका उनीहरुलाई बागेश्वरी बहुमुखी क्याम्पसमा सार्ने र नरैनापुरमा रहेका संक्रमितहरुलाई तालिम केन्द्रमा व्यवस्थापन गर्ने स्थानीय प्रशासनले निर्णय गरेको हो । नरैनापुरमा आइसोलेसन नभएका कारण संक्रमितलाई त्यहाँबाट सार्न खोजिएको हो ।

कृषि तालिम केन्द्रबाट अन्यत्र सार्न खोजिएको भन्दै पहिल्यैदेखि केन्द्रमा बसिरहेका २५ जनाले पनि विरोध जनाएका छन् भने उनीहरुका आफन्तले पनि अन्यत्र लैजान नपाउने भन्दै विरोध गरेका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई बागेश्वरी बहुमुखी क्याम्पसमा ल्याउन थालेको खबर पाएपछि आसपासका स्थानीयहरुले कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई घेराउ गरेका थिए ।

कोहलपुर प्रहरीका प्रमुख डीएसपी कुलचन्द्र चन्दले नरैनापुरबाट कोरोना संक्रमित व्यक्तिहरुलाई ल्याउन लागेको भन्दै स्थानीयहरु सडकमा उत्रिएको बताए । ‘बागेश्वरी बहुमुखी क्याम्पसमा राख्न खोज्यो त्यही विरोध । राम माविमा राख्न खोज्यो त्यही विरोध भइरहेको छ,’ उनले भने, ‘यस्तो संकटका बेला स्थानीयले विरोध गर्दा काम गर्न असहज भइरहेको छ ।’

खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसन वार्ड भरिएपछि समस्या भएको हो ।

मंगलबार बसेको सुरक्षा बैठकले नेपालगन्जस्थित लायन्स डेन्टल अस्पताल र कोहलपुर नगरपालिकास्थित कृषि विकास बैंकको तालिम कक्षमा आइसोलेसन वार्ड बनाएर उनीहरुलाई ल्याउने निर्णय गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments