Incident Reports

कटुवा पेस्तोल, गोली र नियन्त्रित लागूऔषध सहित पक्राउ

2020-05-21

Province 1, Sunsari, Bhokraha, Ward 4

सुनसरी, ७ जेठ २०७७  भोक्राहा नरसिंह गाउँपालिका-४ स्थितबाट कटुवा पेस्तोल १ थान र गोली ३ राउण्ड तथा नियन्त्रित लागूऔषध १ सय एमएलको डाइलेक्स डिसी २५ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ५ सय ७६ ट्याब्लेट, नाइट्रोसम १ सय ६० ट्याब्लेट र नाइट्राभेट ७५ ट्याब्लेट सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१४ बस्ने ३६ वर्षीय कृष भन्ने कृष्ण कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बिआर ५० पि १२४१ नम्बरको स्कारपिओ गाडी जाँच गर्ने क्रममा उक्त हतियार तथा लागूऔषध फेला पारी गाडीमा सवार यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments