2020-05-07
काठमाडौं– महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ ।
प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गर्ने कपनको राइनो एडियस इन्टरप्राइजेज नामक ग्यास डिपोका सञ्चालक अमितकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीयवासीले ग्यास खरिद गरेर घर लगेपछि निकै कम तौल भएको भन्दै कालोबजारीको आशङ्का गरी प्रहरीलाई खबर गरेका थिए ।
कालोबजारी भएको सूचना पाएपछि प्रहरीले सो डिपोमा छापा मारेको थियो । त्यसपश्चात् प्रहरीले गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा खबर गरेको थियो ।
सो विभागका प्रतिनिधिसहितको प्रहरी टोलीले सोही डिपोमा खानतलासी गर्दा सिद्धार्थ नामको ४७ र गीता नामको २८ थान गरी जम्मा ७५ वटा ग्यासको सिलिन्डर बरामद गरेको थियो ।
बरामद भएका ७५ वटै ग्यासको सिलिन्डर मापदण्ड विपरीत कम तौल भएको र नक्कली सिल लगाइएको अवस्थामा फेला परेको बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
बरामद ग्यासको सिलिन्डरसहित सञ्चालक श्रेष्ठलाई थप अनुसन्धान तथा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार कारवाहीका लागि आज गुणस्तर तथा नापतौल विभाग माछापोखरीमा पठाइएको उनले बताए ।
सो विभागका महानिर्देशक विश्वबाबु पुढासैनीले सञ्चालकले ठगी गरेको पाइएको बताउँदै थप अनुसन्धानपश्चात् उक्त कसुरमा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार तीन वर्ष कैद र रु ३० हजार मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिने जानकारी दिए ।
प्रहरीका अनुसार सञ्चालक श्रेष्ठले कम तौलमा बिक्री वितरण गरेको बताउँदै यसअघि १०० थानभन्दा बढी कम तौलका ग्यासको सिलिन्डर बिक्री गरेको स्वीकार गरेका छन् ।
प्रहरीले घटनास्थलबाट कम तौलको ग्यास सिलिन्डरसहित ग्यास निकाल्न प्रयोग हुने फलामको पाइप, नक्कली सिलहरु बरामद गरेको थियो ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Black Marketing |
Primary Cause | Issues related to commodity availability, prices, and subsidies |
Secondary Cause | Irregularities in Commodity Market |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Private company |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD