Incident Reports

ठगी आरोपमा आइकालु मिट सेन्टरलाई २ लाख जरिवाना

2020-05-21

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खसीको मासुको प्रतिकिलो ५ सय रुपैयाँ बढी लिएको फेला परेपछि मिट सेन्टरलाई जरिवाना तोकिएको हो । ‘खसी मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ लिनुपर्नेमा १८ सयमा बिक्री गरेको पाइयो,’ विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले भने, ‘उपभोक्तालाई ठगी गरेको आरोपमा २ लाख जरिवाना गर्‍यौं ।’

आइकालुलाई उपभोक्ता सरक्षण ऐन २०७५को १६ (२) (क) ३८ (ङ)को कसुरमा ३९ (ख) बमोजिम जरिवाना गरेको उनले बताए । विभागका अनुसार आइकालुले बढी मूल्य लिएको सन्दर्भमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा जरिवाना गरेको हो । उजुरीमा आधा किलोको ९ सय रुपैयाँ लिएको उल्लेख छ । सोही आधारमा अनुगमन गरेको विभागले जनाएको छ ।

निर्देशक मिश्रका अनुसार आइकालु सञ्‍चालकले जिउँदोमा लागत खर्च ८ सय रुपैयाँ परेको स्पष्टिकरण दिएका थिए । ग्राहकले जति परे पनि ल्याइदिनु खान्छौं भनेपछि आधा किलोको ९ सय रुपैयाँ लिएको उनले स्पष्टीकरण दिएका थिए ।

निर्देशक मिश्रका अनुसार जिउँदो खसी किलोको करिब ७ सय रुपैयाँ हो । ‘त्यही आधारमा तयारी मासु १३ सय रुपैयाँभन्दा बढी पर्दैन,’ उनले भने ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments