Incident Reports

जनकपुरमा प्रहरीको विरोधमा जुलुस, १५ पक्राउ

2020-05-21

Madhes, Dhanusha, Janakpur

  न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रदर्शन गर्ने क्रममा १५ जना पक्राउ परेका छन् । प्रहरीको विरोधमा प्रदर्शनमा उत्रिएका १५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु जनकपुरस्थित माछा बजार नजिकैबाट पक्राउ परेका हुन् । जनता समाजवादी पार्टीका प्रदेश सभा सांसद अशोक यादवलाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै पार्टी निकट युवाहरुले जुलुससहित जिल्ला प्रशासन कार्यालय प्रस्थान गरेका थिए । उनीहरुले सांसद यादवलाई दुव्र्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न माग गर्दै जनकपुरको बसैहया काली मन्दिर नजिकैबाट जुलुस निकालेका थिए । तर, जिल्ला प्रशासन कार्यालय नपुग्दै बाटोबाटै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जसपाका युवा नेता नविन यादव लगायतका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद यादवको गाडी विना पास लकडाउन उल्लंघन गर्दै अनावश्यक रुपमा आहोरदोहोर गरेको भन्दै प्रहरीले गत शुक्रबार नियन्त्रणमा लिएका थिए । सरकारी नम्बर प्लटेको सांसदको गाडी ड्युटीमा रहेका रेल्वे स्टेशन प्रहरी चौकीका इन्चार्जले जनकपुरको भानुचोकबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले गाडी रोकेपछि केहि समय त्यहाँ सांसद र प्रहरीबीच चर्काचर्की समेत भएको थियो । यता, सांसद यादवले भने गाडीको पास भएपनि प्रहरीले गाडी रोकेर दुव्र्यवहार गरेको आरोप लगाउँदै आएका छन् । 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments