Incident Reports

भरुवा बन्दुक र अवैध लागूऔषध गाँजा सहित पक्राउ

2020-05-23

Bagmati, Makawanpur, Manahari, Ward 7

मकवानपुर, ९ जेठ २०७७  मनहरी गाउँपालिका-७ कालेखोलाबाट भरुवा बन्दुक १ थान र अवैध लागूऔषध गाँजा करिब ३० केजी सहित सोही गाउँपालिका-६ बस्ने ४० वर्षीय रामचन्द्र प्रजालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments