Incident Reports

दलित युवाको हत्याको विरोधमा प्रदर्शन

2020-05-26

Bagmati, Kathmandu, Kathmandu

१३ जेठ, काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

नेपाल दलित विद्यार्थी संघले मंगलबार दिउँसो राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् ।

गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो । अन्य २ जनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य ३ जना बेपत्ता छन् ।

प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग बिहे गर्न गएका बेला विकको हत्या भएको बताइएको छ ।

मंगलबारको संसद बैठकमा पनि सांसदहरूले माग गरेका छन् । अन्य विभिन्न संघ–संस्थाहरूले पनि गम्भीर अमानवीय घटना भएको भन्दै दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments