Incident Reports

भारतबाट आएकाहरु वडाको क्वारेन्टाइनमा बसेको भन्दै विरोध

2020-05-27

Madhes, Dhanusha, Kamala, Ward 9

जनकपुर- भारतको विभिन्‍न ठाउँबाट आएर आफ्नो वडाको क्वारेन्टाइनमा बसेको भन्दै धनुषामा स्थानीयहरुले विरोध जनाएका छन् ।

भारतबाट आएर आफ्नो वडाको क्वरेन्टाइनमा बसेको भन्दै कमला नगरपालिका वडा नं. ९ का स्थानीयले विरोध जनाएका हुन् । उनीहरुले क्वारेन्टाइनमा ढुंगामुढा प्रहार समेत गरेका छन् ।

स्थानीयहरुले आफ्नो वडामा रहेको क्वारेन्टाइनमा अन्य ठाउँका व्यक्तिलाई बस्न दिएकोमा विरोध जनाएका हुन् ।

उनीहरुले अन्य स्थानका मानिसहरुले क्वारेन्टाइनमा बस्न नदिने भन्दै लठी, भाटा सहित विरोधमा उत्रिएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Youth Abducted 00
National/Online Media

0 Comments