Incident Reports

अन्यत्रबाट आएकालाई क्वारेन्टाइन राख्न खोज्दा वडाध्यक्षमाथि आक्रमण, आरोपितविरुद्ध प्रशासनमा उजुरी

2020-05-23

Sudurpashchim, Bajhang, Khaptadchhanna, Ward 6

खप्तड छान्ना गाउँपालिका–६ पाटादेवलका वडाध्यक्ष तिलक खड्काले आफूमाथि जेठ १२ गते  सोही ठाउँका ४० वर्षीय प्रकास खड्का, ३५ वर्षीय त्रिभुवन खड्का र ४५ वर्षीय तेजबहादुर खड्कालले आक्रमण गरी घाइते बनाएको भन्दै जेठ १४ गते जिल्ला प्रशासन कार्यालय, बझाङमा उजुरी दिनु भएको छ ।

लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका खप्तड छान्ना गाउँपालिकाका स्थानीयहरु फर्किएपछि उहाँहरुलाई वडाकै पाटादेवल माविमा तयार गरेको क्वारेन्टाइनमा राख्न खोज्दा आरोपितहरुले आफूमाथि आक्रमण गरी घाइते बनाएको वडाध्यक्ष खड्काले बताउनु भयो ।

आफूमाथि ढुङ्गामुडा प्रहार गरी घाइते बनाएको भन्दै वडाध्यक्ष खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दार्ता गराउनु भएको र उहाँको उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताउनु भयो ।

आरोपित पक्ष पनि आफूहरुले हातपात र कुटपिट नगरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा आउनु भएको र दुबै पक्षको कुरा सुन्दा एकअर्कालाई आरोप प्रत्यारोप लगाउने गरेको प्रमुख जिल्ला अधिकारी सार्कीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नेत्र बोहराले हालसम्म पीडित पक्षबाट कुनै उजुरी नआएको बताउनु भयो  ।

 

रमेश केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments