Incident Reports

संक्रमितलाई आइसोलेसनमा लैजाँदा झडप, १२ राउण्ड हवाई फायर

2020-05-29

Madhes, Rautahat, Ishanath, Ward 7

जेठ १६, २०७७ रौतहट : रौतटहको इशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा शुक्रबार बिहान स्थानीय र प्रहरी बिच झडप भएको छ । इशनाथ नगरपालिका वाड नं. ७ जोकाहामा स्थानीय र प्रहरीबीच झडप भएको हो। जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि तनाव भएको हो। तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेका थिए।त्यसपछि भएको तनावले झडपको रुप लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आक्रोशित स्थानीयले प्रहरीको गाडी पनि तोडफोड गरेका छन् ।  


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Law and Order Violence
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Totally damaged Vehicles n/a
National/Online Media

0 Comments