Incident Reports

कोरोना सर्ने डरले स्थानीयले भत्काइ दिए विद्यालय

2020-05-29

Karnali, Jajarkot, Bheri, Ward 6

जाजरकोट : भारतबाट आएकालाई विद्यालयको भवनमा राख्न थालेको भन्दै जाजरकोट भेरेका स्थानीयले विद्यालय नै भत्काइदिएका छन् । कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाको निर्णयअनुसार भारतलगायतका मुलुकबाट उद्धार गरि ल्याइएकालाई विद्यालयमा क्वारेन्टाइन बनाइ राख्न आवश्यक तयारी थालिएपछि भेरी नगरपालिका ६ कृष्ण मन्दिरमा रहेको  कृष्ण प्राथमिक विद्यालय भवन केही शिक्षक र स्थानीयले भत्काइदिएका हुन् । भारतबाट आएकालाई नजिक राख्दा कोरोना सर्ने भन्दै स्थानीय लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कार्यरत शिक्षक जयबहादुर शाही लगायतका केही स्थानीयले विद्यालय भवन पुरै भत्काइदिएको वडा अध्यक्ष शसी बुढाले बताए । 

मानिसको वस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको भन्दै उनीहरुले हातहतियारसहित आएर विद्यालय छानो र पर्खाल सबै भत्काइदिएको वडाध्यक्ष बुढाले बताए । 

अधिकांश गाउँलेको सहमति, वडास्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशनअनुसार आफूहरुले  उक्त विद्यालयलाई क्वारेन्टाइन बनाइ उद्धार गरिएका स्थानीयलाई राख्न खोज्दा शिक्षक शाही, स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली  र वले घर्तीलगायतले विद्यालय भवन नै भत्काइदिएपछि समस्या भएको वडाध्यक्ष बुढाले बताए ।  

विद्यालय भवन भत्किएपछि आफूहरुलाई भारतबाट आएकालाई व्यवस्थापन गर्न समस्या परेको उनले बताए। विद्यालय भत्काएको बारे सोधपुछ गर्न खोज्दा उनीहरुले आफूलाई ज्यान मार्ने धम्की दिएको समेत वडाध्यक्ष बुढाले बताए । 

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र महाविपत्तीको बेला स्थानीय सरकारको काममा अवरोध पुर्‍याउने र अराजकता देखाउनेमाथि कडा कारबाही हुने बताए।नगर प्रमुख घर्तीले विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जो सुकै भएपनि कारबाही गरिने बताए ।   अधिकांश गाउँलेको सहमति, वडास्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशनअनुसार आफूहरुले  उक्त विद्यालयलाई क्वारेन्टाइन बनाइ उद्धार गरिएका स्थानीयलाई राख्न खोज्दा शिक्षक शाही, स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली  र वले घर्तीलगायतले विद्यालय भवन नै भत्काइदिएपछि समस्या भएको वडाध्यक्ष बुढाले बताए ।  

विद्यालय भवन भत्किएपछि आफूहरुलाई भारतबाट आएकालाई व्यवस्थापन गर्न समस्या परेको उनले बताए। विद्यालय भत्काएको बारे सोधपुछ गर्न खोज्दा उनीहरुले आफूलाई ज्यान मार्ने धम्की दिएको समेत वडाध्यक्ष बुढाले बताए । 

भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र महाविपत्तीको बेला स्थानीय सरकारको काममा अवरोध पुर्‍याउने र अराजकता देखाउनेमाथि कडा कारबाही हुने बताए।नगर प्रमुख घर्तीले विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जो सुकै भएपनि कारबाही गरिने बताए ।   

 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments