Incident Reports

रुकुम घटनाको विरोधमा दलित पत्रकार संघ चितवनको सांकेतिक विरोध

2020-05-29

Bagmati, Chitawan, Bharatpur

पश्चिम रुकुममा भएको घटनाको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा दीप प्रज्वलन गरी ध्यानाकर्षण गराएको छ । 

राष्ट्रिय दलित पत्रकार संघ केन्द्रको आह्वानमा जिल्ला शाखाले पनि सांकेतिक विरोध कार्यक्रम गरेको हो । ‘सरकार ! अध्यारो कहाँ छ ? उज्यालो यहाँ छ’ लेखिएको ब्यानरसहित राष्ट्रिय  संघकाे टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकाल, क्रियाशील पत्रकार महिला चितवनका अध्यक्ष प्रमिता ढकाल, नेपाल प्रेस युनियन चितवन शाखाका सचिव प्रस्ताव सुवेदीले विरोध कार्यक्रममा प्रतिनिधिमुलक ऐक्यवद्धता जनाए ।सांकेतिक विरोध कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखा अध्यक्ष अमिर रामदामले रुकुम पश्चिम घटना सिंगो दलित समुदाय माथीको आक्रमण भएको बताए । पत्रकारिता मार्फत समाज सुसुचित गर्ने क्रममा आफ्नै समुदायमा भएको अन्याय विरुद्ध एक जुट हुनैपर्ने भन्दै मानवताको लागि हातेमालो गर्न आग्रह गरे । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडाले रुकुम पश्चिममा भएको घटना क्षमा गर्न नसकिने कसुर मध्यको भएको बताए । नेपाली समाजमा अझै पनि यस्ता जघन्य क्षमा गर्न नसकिने अपराधले प्रश्रय पाउनु चिन्ताजनक भएको उनले टिप्पणी गरे । नेपाल प्रेस युनियन चितवन शाखा अध्यक्ष अनिल ढकालले जातिय विभेदकै कारण यवाहरुले ज्यान गुमाउनु परेको अवस्था कल्पना भन्दा बाहिरको भएको बताए ।आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दोषीलाई कारवाही र समाजमा चेतना अत्यावश्यक रहेको बताए । सो क्रममा क्रियाशील पत्रकार महिला चितवनका अध्यक्ष प्रमिता ढकालले जातीय विभेेद उन्मुलन नारामा मात्र सिमित रहनु लज्जास्पद भएको बताइन् । समाजमा देखिएको विभेदको खाडल ज्यान लिन सक्ने अवस्थामा पुग्नलेु सामाजिक चेतनास्तरमाथी प्रश्न उठाएको बताइन् । 

कार्यक्रममा बोल्नेहरुले रुकुमको घटना अन्त दोहोरिन नदिन जातिय विभेद घरघरबाट अन्त्य गर्न जरुरी रहेको बताए । राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाका उपाध्यक्ष गोपाल विश्वकर्माले यस घटनालाई अझ शसक्तरुपमा मिडिया मार्फत कलम चलाउन सबैलाई आग्रह गरे । 

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक लगायत ५ मृत्यू भएको छ भने १२ जना घाइते भएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments