Incident Reports

क्वारेन्टाइनभित्र जलाइयो गाउँपालिका अध्यक्षको पुत्ला

2020-05-29

Sudurpashchim, Dadeldhura, Ganayapdhura, Ward 3

डडेल्धुरा । गन्यापधुरा गाउँपालिाका वडा नं.३ गौलिगाउँमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका युवाहरुले गाउँपालिका अध्यक्षको पुत्ला जलाएका छन् । 

समैजी आधारभुत विद्यालय गौलिगाउको क्वारेन्टाईनमा शुक्रबार विहान ५ बजे क्वारेन्टाइनमा पुगेको र स्थानीय तहले कुनै पनि व्यवस्थापन नगरेको घरबाट खाना मगाएर खाएको भन्दै क्वारेन्टाइन भित्रबाटै पुत्ला जलाएको भिडियो फेसबुकमा अपलोड गरेका छन् । गाउँपालिका अध्यक्ष नवल मल्ल विरुद्ध नारा लगाउदै क्वारेन्टाईनमा रहेका युवाहरुले पुत्ला जलाएर नारा लगाएका छन् । 

क्वारेन्टाइनमा केही व्यवस्था नभएको र भोकै बस्न नसकिने र जनप्रतिनिधीले कुनै चासो नदिए क्वारेन्टाइन छोडेर घर जाने समेत तपेन्द्र विष्टले स्टाटस लेखेका छन् । आफुहरु भारतको चेन्नइबाट आएको र गाउपालिकाले उद्धारका लागि सिमासम्म बस पठाएको भनेको छ तर हामीबाट डबल भाडा लिएको छ भन्दै उनीहरुले पुत्ला दहन गरेका छन् । 

समैजी आधारभुत विद्यालय गौलिगाउमा रहेका क्वारेन्टाईनमा १२ जना रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराको रेकर्ड रहेको छ । गाडीभाडा दोहोरा नलिएको र उद्धारमा गएको सवारीमा जादा गाउपालिकाले तेल हाल्ने र आउदा उद्धार गरिएका व्यक्तिबाट एकतर्फी भाडा सवैलाई लिने गरेको गन्यापधुराका प्रमुख प्रशासकिय अधिकृत दिलिप तामाङले बताए । क्वारेन्टाइनमा पुत्ला जलाइएको जानकारी आफुलाई नभएको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments