Incident Reports

रुकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै जुम्ली युवाको धर्ना

2020-05-29

जेठ १० गते शनिबार रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय प्रेमसम्बन्धका कारण भएको सामूहिक हत्याको घटनामा निष्पक्ष छानबिनको माग गर्दै जुम्लाका युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । उनीहरुले दोषी उपर तत्काल कारबाहीको माग गर्दै जातीय छुवाछुत अन्त्यका लागि सरकारले तदारुकता देखाउन माग गरेका हुन् । 

जुम्लाको जिल्ला प्रशासन कार्यालय अगाडी जातीय छुवाछुत बारेका प्लेकार्ड सहित उनीहरु धर्नामा बसेका हुन् । अन्तरजातीय प्रेम सम्बन्धकै कारण बिभत्स हत्या हुनु मानवीयताको पराकाष्ठा भएको भन्दै यो घटनाको सबत्र बिरोध गर्नु पर्ने धर्नामा सहभागि युवा धनराज सुनारले बताए । ‘पहिलो चरणमा नारा लेखेका प्लेकार्ड बोकेर घटनाका दोषीहरुलाई कारवाही गर्न माग गर्दै सांकेतिक विरोध गरिएको हो,’ उनले भने, ‘दोषी उम्कने र पीडितले न्याय नपाउने अवस्था आयो भने, थप कडा आन्दोलनका लागि तयार छौं।’   

उनीहरुले ‘दलितमाथि हुने विभेद अन्त्य गर’, ‘रुकुममा दलितमाथि ज्यादती गर्नेहरुलाई कानुनी कारबाही गर’, ‘अपराध लुकाउन खोज्नु पाप हो’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । रुकुम घटनामा नवराज, टीकाराम, गणेश, लोकेन्द्र र सञ्जुको शव भेरी नदीका विभिन्न स्थानमा फेला परेको छ भने अर्का एक गणेश शाहीको खोजी जारी छ । जुम्लाका युवाले, एक्काइसौं शताब्दीमा पनि दलित समुदायमाथि हुने विभेद अन्त्य नभएको भन्दै सरकारले रुकुममा दलितमाथि ज्यादती गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । मुलुकमा संविधान बनेको छ । दलितका हक अधिकार काजगमा प्रसस्तै छन् । तर न्याय हराए जस्तो जगन्य अपराधका घटनामा कमी नआएको अगुवा युवा तथा संचारकर्मी नौरते नेपालीले जानकारी दिए । 

उनले भने, ‘अन्तरजातीय प्रेम सम्बन्धले दलितको मृत्यु कहिलेसम्म हो । यसको अन्त्य कहिले हुन्छ । छुवाछुत र भेदभाव अन्त्य गरौँ भन्ने नारा नारामा मात्र किन सीमित रहेको भन्दै सरकारलाई प्रश्न गरे ।’ अगुवा युवा धनराज सुनारले रुकुममा दलित युवामाथि आकर्मण गरी ज्यान लिनेलाई आजीवन कैदको सजाय हुनुपर्ने बताए । उनले भने, दलित युवाको ज्यान लिनेलाई सरकारले कडा कारबाही गरोस् । घटनाको सत्यतथ्य छानबिन गरियोस । दलितको रगतमाथि कसैले राजनीति गर्ने अवस्था नहोस् ।’   

यस घटनाका दोषीको कारबाहीले मुलुकमा दलितलाई हुने विभेदको अन्त्य हुने अवस्था सिर्जना होस् । दोषीमाथि हदैसम्मको कारवाही नभए जुम्ली युवाले युवाले थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments