Incident Reports

प्रहरीले कुटपिट गरेको भन्दै सफाइकर्मी हड्तालमा

2020-05-30

Madhes, Parsa, Birgunj

प्रहरीले निरन्तर कुटपिट, दुव्र्यवहार र गाली–बेइज्जती गरेको भन्दै सफाइकर्मी हड्तालमा उत्रिएपछि वीरगन्ज महानगरपालिकाको सरसफाइको काम शनिबारबाट ठप्प भएको छ। सरसफाइमा खटिएका कर्मचारीहरूले प्रहरी ज्यादतीलाई कारण देखाउँदै काम रोकेर हड्तालमा उत्रिएपछि सरसफाइ कार्य बन्द हुन पुगेको वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखाका कर्मचारी सरफुद्दीन मियाँले बताए। 

‘नाइके र चालकहरूले प्रहरीले कुटपिट गरेको, ज्यादती गर्न थालेको, कहिले गाली गरेकोजस्ता गुनासो धेरै पटक गरे,’ उनले भने, ‘सरसफाइ जसरी पनि निरन्तर भइरहनुपर्छ भनेर हामीले हाम्रा कर्मचारीको झपार सुनेर पनि काममा लगाइरहेका थियौं, अहिले खुट्टै सुनिने गरी एक जना सफाइकर्मीलाई प्रहरीले कुटेपछि उनीहरू हड्तालमै उत्रिए।’ 

प्रहरी ज्यादतीको विरोधमा सफाइ कर्मचारीहरूले हड्ताल सुरु गरेपछि वीरगन्ज महानगरपालिकाको फोहोर उठेको छैन। वीरगन्ज महानगरपालिका कार्यालयले ठेकेदार कम्पनी र महानगरपालिकाको समेत सरसफाइ कर्मचारीहरू परिचालन गरी फोहोर उठाउँदै आएकोमा अहिले यो ठप्प हुन पुगेको हो। 

लकडाउनको समयमा सरसफाइमा खटिएका कर्मचारीहरूले प्रोत्साहन पाउनुपर्ने ठाउँमा कुटपिट र दुव्र्यवहार सहनुपरेको गुनासो गरेका छन्। गत बिहीबार सफाइ कर्मचारी छोटेलालप्रसाद कुशवाहलाई प्रहरीले कुटपिट गरी मोटरसाइकल समेत खोसेको थियो। सरसफाइको ठेकेदार कम्पनी पृथ्वी–तारा एनके इन्टरनेसनल जेभीका निर्देशक शिव गुप्ताका अनुसार घटनाबारे पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तसँग गुनासो गर्दा एसपी पन्तले कुनै जबाफ नदिएपछि कर्मचारीहरूले काममा नआउने जनाएका थिए।   

सफाइ कर्मचारी फोहोर उठाउन नआएपछि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई जानकारी गराएको उनले बताए। नगरप्रमुख सरावगीले प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की र एसपी पन्तसँग समन्वय गरेर यस्तो नदोहरिने भनेपछि सफाइ कर्मचारीहरूलाई काममा फर्काएका थिए।   

‘तर शुक्रवार साँझ फेरि ठेलामा जम्मा भएको फोहोर ट्र्याक्टरमा हालेर ल्यान्डफिल साइटतिर लिएर जाने क्रममा वीरगन्जको माईस्थाननजिकै ड्युटीमा खटिएका प्रहरीले सफाइ कर्मचारीलाई अवरोध तथा दुव्र्यवहार गरेको गुनासो आयो,’ सरसफाइ शाखाका कर्मचारी मियाँले भने, ‘शनिबार बिहानदेखि सफाइ कर्मचारीहरू काममा नआएका कारण महानगरपालिकाको पोहोर उठेको छैन।’ 

कोरोनाको महामारीमा पनि ज्यान जोखिममा राखेर सरसफाइमा खटिएका कर्मचारीमाथि प्रहरी प्रशासनले पटक–पटक दुःख दिने गरेकाले काम गर्न समस्या भएको कर्मचारीहरूको भनाइ छ।   

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता वीरेन्द्रबहादुर शाहीले आफूलाई यसबारे

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments