Incident Reports

रुकुमपश्चिममा भएको घटना बिरुद्ध हेटौंडामा पनि प्रदर्शन,दोषिलाई कारवाही गर्न माग

2020-05-29

Bagmati, Makawanpur, Hetauda

 हेटौंडा,१६ जेठ । रुकुमपश्चिमको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै हेटौंडामा पनि प्रदर्शन भएको छ । अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गर्दै शुकबार मकवानपुरमा कार्यरत दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेका हुन् ।जातिय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्न पनि प्रदर्शनकारीहरुले आग्रह गरेका छन् । ‘दलित समुदायले हत्या, कुटपिट र अपमान कहिले सम्म सहने’, सबै खाले जातिय बिभेदको अन्त्य गर, जातिय भेदभाव छुवाछुत एन २०६८ अनुसार कारवाही गर, सभ्य समुन्नत समाजको निर्माण गर्ने जिम्मा तपाईको हो की हो भन्ने नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो । 

प्रर्दशनमा मकवानपुरका दलित अधिकारकर्मी जंगबहादुर बिश्वकर्मा, युक्तलाल बिश्वकर्मा, केशव रसाईली, रत्नलाल बिश्वकर्मा, रामकुमार नेपाली, अम्बिका बिश्वकर्मा इश्वरी रसाइली, कल्पना बिश्वकर्मा, गोपिलाल बिश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ, बागमती प्रदेशका तर्फबाट कमल कुमार बिश्वकर्मा र नेपाल मानव अधिकार संगठनकी अप्सरा बस्नेत लगायत मकवानपुरका दलित अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो । 

अहिलेको २१ औं सताब्दीमा पनि जातिय विभेदका नाममा हुने यस्ता अमानविय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् । दर्शनको क्रममा बोल्दै दलित अधिकारकर्मी जंगबहादुर बिश्वकर्माले मृतकलाई सामुहिक हत्या गरिएका युवाहरुलाई सास्कृतिक शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने र पीडकलाई कडा कारवाही गर्नुपर्ने बताए । उनले घटनाको सत्य तथ्य छानबिन तथा दोषिलाई कारवाही नभए संर्घषका थप आन्दोलन घोषण गर्ने चेतावनी समेत दिएका छन् । बिहिबार मात्रै मकवानपुरका दलित अधिकारकर्मीहरुले घटनाको ध्यानर्कषण गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल समक्ष प्रधानमन्त्रि केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । 

अन्तरजातीय प्रमे सम्बन्धलाई लिएर भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित ६ जनालाई चौराझारी नगरपालीका वडा ८ का वडा अध्यक्ष डम्मर मल्ल सहित गाउँलेहरुले घरेलु हातहतियार प्रयोग गरेर सामुहिक हत्या गरी भेरी नदिमा फलिदिएका थिए । जसमध्ये ५ जना शव फेला परेको छ भने अझै एक जना बेपत्ता रहका छन् । 

 

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments