Incident Reports

सर्लाहीमा सीमा सुरक्षा बलमाथि आक्रमण प्रयास, स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीद्वारा हवाई फायर

2020-05-30

Madhes, Sarlahi, Bishnu, Ward 2

सर्लाहीको विष्णु गाउँपालिकास्थित सीमा क्षेत्रमा भारतीय नागरिकहरूले सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका छन् । 

आइतबार विष्णु गाउँपालिका– २ पकडीस्थित फेनहरा नाकामा सीमा सुरक्षामा बसेका सशस्त्र प्रहरीमाथि भारतीयहरूले आक्रमणको प्रयास गरेका हुन् ।

भारतबाट विभिन्न सामान नेपाल भित्र्याउन आएका भारतीय नागरिकलाई सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । 

आफूहरूले सामान नेपाल लैजान पाउनुपर्ने भन्दै विवाद गर्न खोजेका केही भारतीयलाई सशस्त्र प्रहरीले सामान्य बल प्रयोग गरेर फर्काएको थियो ।

सीमा क्षेत्रबाट फकाईएका भारतीयले नेपाली सशस्त्र प्रहरीले आफूहरूलाई कुटपिट गरेको भन्दै होहल्ला गरेपछि ४०/५० जनाको समूहमा भारतीय नागरिकरु जम्मा हुन पुगेका थिए । 

त्यसपछि उनीहरूले होहल्ला गर्दै स्थितिलाई असामान्य बनाउन खोजेको १० नम्बर गण कविलासीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए ।

सीमा क्षेत्रमा जम्मा भएका उनीहरूले सुरक्षाकर्मीमाथि नै आक्रमणको प्रयास गर्दै सुरक्षाकर्मीको हतियार खोस्न खोजेपछि आत्मारक्षाका लागि सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

‘विभिन्न सामान नेपाल लैजान दिनु दिनुपऱ्यो भनेर सीमा क्षेत्रमा भारतीयहरू जम्मा भएका थिए,’ उनले भने, ‘हामी सामान पास गर्न दिन सीमामा बसेका हाेइनौँ भनेपछि उनीहरू एक्कासि आक्रोशित बनेर सशस्त्र प्रहरीमाथि जाइलागे र हतियार खोस्न खोजे, भिड नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेका हौँ ।’ 

हवाई फायरपछि भारतीयहरू भारततिर भागेको र अहिले घटनास्थलको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth na
National/Online Media

0 Comments