Incident Reports

चिकित्सक कुटिएको विरोधमा एनएमसीका स्वास्थ्यकर्मी आन्दोलित

2020-05-31

Bagmati, Kathmandu, Gokarneshwor

१८ जेठ, काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपाल मेडिकल कलेज (एनएमसी)का स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् ।

कलेजका मेडिकल डाक्टर, इन्टरनल डाक्टरहरूले आइतबार इमर्जेन्सी, फिवर क्लिनिक र आइसोलेसन बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन थालेका हुन् ।

चिकित्सकमाथि भएको हातपातले अस्पतालमा बिरामी जाँच्ने वातावरण नभएको भन्दै उनीहरुले दोषीमाथि कारबाही र अस्पतालमा शान्तिसुरक्षाको व्यवस्था गर्न माग गरेका छन् ।

सुरक्षाको प्रत्याभूति नभएसम्म कलेजमा इमर्जेन्सी, फिवर क्लिनिक र आइसोलेसनबाहेकका कुनै पनि सेवा सञ्चालन गर्न नदिने उनीहरूले बताएका छन् । चिकित्सकहरूले कुटपिट भएको समयको सीसीटीभी फुटेज डिलिट गरिनुले घटना झनै शंकास्पद बनाएको आन्दोलनमा उत्रिएका चिकित्सकहरूले बताएका छन् ।

४ दिनअघि दमका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका छोराले अस्पतालमा कार्यरत दुई जना चिकित्सकलाई कुटपिट गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments