Incident Reports

जनकपुरमा प्रदेश सरकारविरुद्ध तरुण दलले निकाल्यो मसाल जुलुस

2020-05-31

Madhes, Dhanusha, Janakpur

जनकपुर । नेपाली काँग्रेसको भ्रातृ संगठन तरुण दल धनुषाले प्रदेश सरकारविरुद्ध मशाल जुलुस निकालेको छ । आइतबार साँझमा तरुण दलले जनकपुरधाम नगरमा प्रदर्शन गर्दै स्थानीय सरकार र प्रदेश सरकारको रवैयाप्रति असन्तुष्टि जनाउँदै मसाल जुलुश प्रदर्शन गरेको हो । 

सो मसाल जुलुस प्रदर्शन गरी कोणसभामा परिणत हुदाँ प्रहरीले लाठीचार्ज समेत गरेको छ । जनकपुरको राम चोकबाट निस्केको मसाल जुलुसले जनक चोक, शिव चोक, भानु चोकसम्म प्रदर्शन गर्दै कोणसभामा परिणत भएपछि प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गरेको थियो ।

प्रहरीले लाठी चार्ज गरेपछि यूवाहरुको भीड तितरवितर भएको थियो । जनकपुरको आरटी पीसीआर मेसिन यथाशिघ्र सुरु गर्नुपर्ने, क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्नुपर्ने र भारतको सीमामा फसेको नेपाली नागरिकलाई यथाशिघ्र ल्याउनुपर्ने माग गर्दै तरुण दलले प्रदर्शन गरेको थियो ।

स्थानीय सरकार र प्रदेश सरकारले कोरोनाको नाममा करोडौँ बजेट खर्चेपनि क्वारेन्टिन तथा आइसोलेसनमा डब्लुएचओ मापदण्ड अनुसार खाना, खाजा र बासको व्यवस्थापन नगरी भ्रष्टचार गरिरहेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले बताए ।

लकडाउनको अवधिमा भीडभाड, भेला तथा सभाहरु गर्ने व्यवस्था नरहेकोले प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Intervention at Protest
Weapons None
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media , INSEC

0 Comments