Incident Reports

रुकुम घटनाः दोषीमाथि कार्वाही र पीडितलाई क्षतिपूर्ति माग गर्दै प्रदर्शन

2020-05-30

Province 1, Morang, Pathari Shanishchare

पथरी । रुकुम पश्चिमको चौरजहारीमा भएको नवराज विक सहित ३ जनाको हत्यामा संलग्नलाई कडा कार्वाही गर्न दलित अधिकारकर्मीहरुले माग गरेका छन् । 

शनिबार पथरीशनिश्चरे नगरमा आयोजितविरोध सभालाई सम्बोधन गर्दै दलित अधिकारकर्मीहरुले यस्तो माग गरेका हुन् । दलित सेवा संघ पथरीशनिश्चरे नगर र विश्वकर्मा समाज मोरङ जिल्ला समितिले शनिबार संयुक्त विरोध र्यालीसमेत गरेको थिए । र्याली स्थानीय जनआन्दोलन चोकमा आएर कोणसभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज प्रतिनिधि नरेश घतानीले जातीय विभेदविरुद्ध एकजुट भई लाग्नु पर्ने बताए । उनले विभेदविरुद्ध नेल्सन मण्डेला २८ वर्ष लामो जेल बसेको स्मरण गर्दै रुकम पश्चिमको चौरजहारीमा दलित युवाहरुको हत्यामा संलग्न दोषीलाई कडा कार्वाही गर्न माग गरे । 

कार्यक्रममा विश्वकर्मा समाज १ नम्बर प्रदेश समिति अध्यक्ष गोपाल लकान्द्री, दलित सेवा संघ पथरी–शनिश्चरे नगर समिति सचिव कुबेरमान घतानी, जनप्रतिनिधि तुलशादेवी दर्जी, अधिकारकर्मी मिना सेन्चुरीलगायतले आआफ्नो धारणा राखे। उनीहरु सबैले घटना जातीय विभेदविरुद्धको जघन्य अपराध भएको उल्लेख गर्दै छानबिनको लागि संसदीय समिति बन्नुपर्ने, अपराधीहरुलाई जन्मकैद हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिइनु पर्ने बताए। रमेश लाम्गादे, राजकुमार तिरुवालगायतको सक्रियतामा आयोजित कार्यक्रममा माग पूरा नभए संयुक्त संघर्ष समिति गरेर देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ । 

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/.a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments