Incident Reports

रुकुम घटनाको विरोधमा सुर्खेतमा पनि प्रदर्शन

2020-06-01

Karnali, Surkhet, Birendranagar

वीरेन्द्रनगर — पश्चिम रुकुमको चौरजहारी–४, सोतीमा भएको घटनाको सुर्खेतमा विरोध भएको छ । सोमबार बिहान दलित अधिकारवादी संघसंस्थाको संयोजनमा निस्किएको जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गर्दै दोषिमाथि कडा कारबाहीको माग गरेको छ ।जुलुसपछि आयोजित कोणसभा बोल्ने वक्ताहरुले जातीय अहंकार र भेदभावकै कारण उक्त घटना भएको बताउँदै राज्यले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्ने बताए । ‘चुल्हो छोएको नाम होस् वा अन्तरजातीय प्रेमको नाममा दलितहरु मारिइरहेका छन्,’ छोरी बचाउ अभियानकी संयोजक सजना सुनारले भनिन्, ‘दलितहरु दलित भएकै कारण कहिलेसम्म मारिनुपर्ने हो ?’  

त्यस्तै दलित अधिकारवादी खगेन्द्र सुनारले जातभातकै आधारमा प्रेममा बन्देज लगाउनुका साथै अन्ततः हत्या गरिएको बताए । ‘प्रेम र समानताको लागि रुकुम घटना कालो दिन बनेको छ,’ उनले भने, ‘दलितमाथिको यो जघन्य अन्याय कहिलेसम्म भइरहने हो ?’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments