Incident Reports

रुकुम घटनाका दोषीलाई कारवाहीको माग राख्दै विराटनगरमा विरोध

2020-06-02

Province 1, Morang, Biratnagar

विराटनगर, २० जेठ । रुकुम घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारवाहीको माग राख्दै विराटनगरमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।

समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी संघले विराटनगर ट्राफिक चोककमा रुकम घटनाको विरोध गर्दै दोषीलाई कारवाही माग गरेका हुन् ।

लकडाउनको समयमा सामाजिक दूरीको नियमको पालना विरोध गरिएको नयाँ शक्ति विद्यार्थी युनियन महेन्द्र मोरङ इकाई अध्यक्ष तरुण खवासले बताए ।

घटनाको निष्पक्ष छानविन गरी तत्काल दोषीमाथि कडा कारवाही हुनुपर्ने मागसहित विरोध सभा आयोजना गरिएको नयाँ शक्ति विद्यार्थी युनियनका १ नं प्रदेश संयोजक कमल पोखरेलले बताए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा प्रेमिका लिन गएका नवराज विकसमित उनका अन्य चारजना साथीको शव भेरी नदीमा भेटिएको थियो ।

हत्यापछि भेरी नदीमा शव फालेको आरोपसहित पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । 

प्रहरीले वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका बुबा आमासहितलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments