Incident Reports

मिचिएको भूमि फिर्ता गर्न माग गर्दै डाक्टर केसीले सुरू गरे सत्याग्रह

2020-06-02

Sudurpashchim, Darchula, Mahakali

डाक्टर गोविन्द केसीले मिचिएको भूमि फिर्ता लिन माग गर्दै दुई दिने सत्याग्रह सुरू गरेका छन्।

मंगलबार विहान १० बजे दार्चुलामा केसीले सत्याग्रह सुरू गरेका हुन्। उनले स्वास्थ्य, शिक्षा र रोजगारीलगायतका माग पनि उठाएका छन्।

यसअघिका केही माग सरकारले पूरा गरेको उल्लेख गर्दै केसीले धेरै मागमा सम्झौता भए पनि त्यसको उल्लंघन भइरहेको विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

उनले सीमाक्षेत्रका मानिस जीवनजल नपाएर छट्पटिएको, दुई छाक जोड्नका लागि विदेशिएर हेपिँदा र ठगिंदा, फर्कने क्रममा लुटिँदा राज्यका हर्ताकर्ताहरुलाई केही फरक नपरेको पनि बताएका छन्।

‘वास्तवमै राष्ट्रियता बलियो पार्ने हो र देशको सीमा रक्षा गर्ने हो भने काठमाडौंका सडकमा नारा लगाएर वा बालुवाटार दरबारबाट हुंकार गरेर पुग्दैन,’ केसीले भनेका छन्।

यस्ता छन् माग:

१. दार्चुला तथा अन्य सीमा क्षेत्रका लगायत देशभरीका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गरियोस्।

२. भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गरियोस्।

३. गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाइयोस्, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याइयोस् तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गरियोस्।

साथै विगतका सत्याग्रहका मागहरु पुरा गर्न र हामी सित अगाडि भएका सबै सम्झौता कार्यान्वयन गरियोस्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments