Incident Reports

पसल खोल्न पाउनुपर्ने भन्दै जोरपाटीका व्यापारी आन्दोलित

2020-06-02

Bagmati, Kathmandu, Gokarneshwor

गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा लकडाउनले समस्या परेको भन्दै व्यापारी आन्दोलित भएका छन्।

मंगलबार बिहान लकडाउनको अवज्ञा गर्दै त्यहाँका व्यापारीहरूले पसल खोलेका थिए।

'आज बिहान व्यापारीहरू लकडाउन बढी भयो भनेर सडकमा आएका थिए,'नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुङ्गानाले भने,'केही समय चाहिँ विवाद पनि भयो।' तर पछि प्रहरीले छलफल गरी सम्पूर्ण पसलहरू बन्द गराएको उनले बताए।

'पछि बन्द गरियो। अब आज लकडाउनको मोडालिटी के हुन्छ हेरौं अनि त्यही अनुसार छलफल गरेर निर्णय गर्छौं भनेका छौं।'

लकडाउनमात्रै लम्बिएपछि व्यापारीहरू आक्रोशित बनेका हुन्। लकडाउनमात्रै बढाएर आफूहरूले कसरी कर तिर्ने भन्दै उनीहरू झोक्किएका हुन्।

आजै आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाउन सूचना निकालेको छ। सरकारले निर्णय गरी थपिएको समयभित्रै कर बुझाएर जरिवाना तथा ब्याजबाट उन्मुक्ति पाउन करदताहरुलाई आग्रह गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments