Incident Reports

डाक्टर माथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै देशभरका चिकित्सक आन्दोलित

2020-06-01

Bagmati, Kathmandu, Gokarneshwor

काठमाडौं - नेपाल मेडिकल कलेजका चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन्।

घटना भएको ६ दिन भइसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्। नेपाल मेडिकल कलेजका चिकित्सकको आन्दोलनमा समर्थन जनाउँदै देशभरका चिकित्सकले अस्पताल परिसरमै प्ले कार्ड सहित प्रदर्शन गरेका छन्।

घटनाको विरोध स्वरुप सोमबारदेखि हातमा कालो पट्टी बाँधेर सेवा दिएको नेपाल मेडिकल कलेजका रेजिडेन्ड डाक्टर सुम्निमा मैनालीले जानकारी दिइन्। हाल नेपाल मेडिकल कलेजका चिकित्सकले इमरजेन्सी र अपरेशन सेवा बाहेक ओपिडि सेवा बहिष्कार गरेको उनले बताइन्।

दोषिलाई कारबाही नगरे अन्य अस्पतालका चिकित्सकले ओपिडि सेवा बहिष्कार गर्ने चेतावनी दिएका छन्। उनीहरुले जेल विथ आउनट बेलको माग समेत गरेका छन्। चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै उनीहरु ६ दिनदेखि आन्दोलनमा छन्।

जेठ १४ गते जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Secondary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments