Incident Reports

रुकुम पश्चिम घटना विरोधमा पोखरामा प्रदर्शन

2020-06-02

Gandaki, Kaski, Pokhara Lekhnath

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको विरोधमा पोखरामा मंगलवार विरोध प्रदर्शन गरिएको छ ।

विश्वकर्मा समाज, मिजार समाज, परियार सेवा समाज र नेपा गन्धर्व समुदाय विकास केन्द्र पोखराले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

पोखरा सिर्जना चोकबाट शुरू विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर शान्तिपूर्ण धर्नामा परिणत भएकोे थियो ।

जुलुसका सहभागीले जातीय विभेदसहित ६ जना युवाको एकै चिहान हुने गरी भएको नरसंहार विरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

गत जेठ १० गते भएको घटनामा नवराज विकसहित उनका साथिहरू गणेश बुढामगर, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनारको मृत्यु भएको छ भने अर्का गोविन्द शाही भेरी नदीमा बेपत्ता छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments