Incident Reports

केके मार्ट र धन्वन्तरि ट्रेडर्सलाई कारवाही

2020-06-02

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । बढी मूल्यमा मदिरा बिक्री गर्ने र बिलबिजक जारी नगरी आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा खुद्रा मूल्यभन्दा बढी मूल्यमा नेपाली मदिरा बिक्री गरेवापत क्षेत्रपाटीस्थित केके मार्टलाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार रु ६५० को मदिरालाई रु ७९० मा बिक्री गरेको भेटिएपछि उक्त मार्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको हो । ‘उपभोक्ताको गुनासोपछि अनुगमनका लागि हामी मार्टमा पुगेका थियौँ, अनुगमन टोलीले नै वाइन खरीद गर्दा बढी मूल्य लिएको भेटेपछि कारवाही गरिएको हो’ उनले भने । 

त्यस्तै, आज नै हाँडीगाउँस्थित धन्वन्तरि ट्रेडर्सले बिलबिजक जारी नगरी पतञ्जलि आयुर्वेदका सामान बिक्री गरेवापत रु दुई लाख जरिवाना गरिएको छ ।  उपभोक्ताको गुनासोलाई आधार बनाएर लकडाउन अवधिमा खाद्यान्न, सर्जिकललगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ को कार्यान्वयनका लागि यही जेठ १४ गतेको निर्णयानुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत तोकिएको जनाइएको छ ।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Irregularities in Commodity Market
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments