Incident Reports

५० शैयाको कोरोना अस्पताल माग गर्दै कपिलवस्तुमा प्रदर्शन

2020-06-02

Lumbini, Kapilbastu, Kapilbastu

कपिलवस्तु, २० जेठ । कपिलवस्तुमा देशभरमै सबै भन्दा बढी व्यक्ति कोरोना भाईरसको संक्रमित देखिए पनि कोरोना अस्पताल नभएको भन्दै तौलिहवाका स्थानीयले प्रदर्शन गरेका छन ।स्वतः स्फुर्तरुपमा प्रदर्शन गरेका स्थानीयले तौलिहवा स्थित कपिलवस्तु अस्पताललाई कोरोना अस्पतालको रुपमा बिकास गर्नु पर्ने माग गरेका छन । स्वास्थ्य मन्त्रालयको पूर्व योजना अनुरुप कपिलवस्तु अस्पताललाई कोरोना अस्पताल बनाउन आनाकानी भएको भन्दै तौलिहवाका युवाले कपिलवस्तु अस्पतालको मुख्य प्रवेशद्धारमा पप्पलेट बोकी सामाजिक दूरी कायम गर्दै शान्तिपुर्ण रुपमा प्रदर्शन गरेका छन ।प्रदर्शनमा रहेकाले सामान्य बिरामीको उपचारलाई हाललाई बैकल्पिक व्यवस्था गरी कपिलवस्तु अस्पताललाई तत्काल ५० शैयाको कोरोना अस्पताल बनाउन माग गरेका हुन । जिल्लामा कोरोना संक्रमित भेटिए पनि जटिलता देखिएका अवस्थामा बुटवल र दाङ्ग स्थित कोरोना अस्पतालमा उपचारका लागि जानु पर्ने बाध्यता छ । 

अझै पनि जिल्लाका बिभिन्न क्वारेन्टाइनमा रहेका १ हजार ३ जनाको पीसीआर परिक्षणको प्रतिबेदन आउन बाँकी रहेकाले ठूलो संख्यामा संक्रमित थपिने अनुमान छ । स्थानीय प्रशासनले कपिलवस्तुमा १ हजार जनामा संक्रमण देखिने सक्ने अनुमानका आधारमा पूर्व तयारी थाले पनि जिल्लामा हाल सम्म कोरोना संक्रमितको उपचारका लागि अस्पतालको अभाव छ । अहिले पनि जिल्लाका ३० संक्रमित जिल्ला बाहिरका अस्पताल र आइसोलेसनमा छन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
National/Online Media

0 Comments