Incident Reports

मैतीदेवीमा विरोधपछि व्यापारीलाई वडाध्यक्षको समर्थन, बिहीबारदेखि दिउँसो १ बजेसम्म पसल खुल्ने

2020-06-03

Bagmati, Kathmandu, Kathmandu, Ward 29

काठमाडौंको मैतीदेवीमा बिहीबारदेखि दिउँसो १ बजेसम्म पसल खोल्न मौखिक रूपमा सहमति भएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ मैतीदेवीका व्यापारीले बुधबार बिहान पसल खोल्ने समय अपुग भएको भन्दै विरोध गरेका थिए।

विरोधपश्चात वडाध्यक्ष कुश ढकालले दिउँसो १ बजेसम्म पसल खोल्न सुझाएका हुन्।

'व्यापारीहरूले पसल खोल्ने समय अपुग भयो भन्दै विरोध गरे। त्यसपछि हुन्छ पसल खोल्नुस् मेरो समर्थन छ भनेको छु,'वडाध्यक्ष ढकालले सेतोपाटीसँग भने।

सरकारले पनि लकडाउनको मोडालिटी तयार गर्छु भनेर पनि नगरेपछि यस्तो अवस्था आएको उनले बताए।

'न खोलेर के गर्ने हो! विस्तारै खोल्दै जानपर्छ भन्ने कुरा हो। माथिबाट निर्णय गर्छु भने पनि केही हुँदैन। हामीलाई जनताले भन्न आउँछ त्यसैले हामीले खोल्नुस् भनिदिएका हौं,'उनले भने।

आफूले कागजी रूपमा अनुमति नदिए पनि समर्थन भने जनाएको प्रष्ट पारेका छन्।

यसबारेमा उनले महानगरीय प्रहरी वृत्त डिएसपीसँग पनि कुराकानी गर्ने बताएका छन्।

डिएसपी हरिबहादुर बस्नेतले भने यसबारेमा अहिलेसम्म जानकारी नआएको बताए। तर रेष्टुरेन्ट, होटल, रक्सी पसललाई भने खोल्न नदिने वडाध्यक्षले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments