Incident Reports

विपन्न आवासको रकम जनप्रतिनिधि र कर्मचारीले लगेकाे आराेप, वडा कार्यालयमा ताला

2020-06-03

Lumbini, Bardiya, Thakurbaba, Ward 8

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका ८ मा विपन्न आवास अर्न्तगतको रकम जनप्रतिनिधि र कर्मचारीले लगेको भन्ने गुनासो आएपछि स्थानीय युवाहरुले वडा कार्यालयमा ताला लगाएका छन् । 

नगरपालिका ८ मा विपन्न आवास अर्न्तगतको एक/एक लाख रुपैयाँ जनप्रतिनिधि र कर्मचारीले लगेको भन्ने गुनासाे आएपछि स्थानीय युवाहरुले विरोध स्वरुप वडा कार्यालयमा ताला लगाएका हुन् ।

वडाका जनप्रतिनिधि र भेटेनरीका कर्मचारीले विपन्न वर्गका लागि छुट्याइएको विपन्न आवासको रकम लगेको खुलासा भएपछि स्थानीय युवाहरुले विरोध स्वरुप वडा नम्बर ८ को कार्यालयमा ताला लगाएको स्थानीय शेरबहादुर बोगटीले जानकारी दिनुभयो । 

नगरपालिकाले विपन्न आवासकाे लागि छुट्याएको रकम वडाका सम्बन्धितहरुलाई दिनुपर्ने ठाउँमा जनप्रतिनिधि र कर्मचारी आफैँले प्रयोग गरेकोमा स्थानियवासी आक्रोशित भएका छन् । 

विपन्न आवास निर्माणकाे लागि वडाध्यक्ष निमप्रसाद थारुको अध्यक्षतामा वडाका १२ जनाको नाम सिफारिस गरिएको जनाइएको छ । १२ जना विपन्न परिवारको घर निर्माणका लागि प्रति घरपरिवार एक लाख रुपैयाँ छुट्याइएको थियो ।

तर स्थानीय १० घरपरिवारको नाममात्रै वडाबाट सिफारिस गरिएको पाइएको स्थानीय युवा शेरबहादुर बोगटीको आरोप छ । '१० जनाको नाम मात्र सिफारिस गरिएको पाइएको छ । जनप्रतिनिधि र कर्मचारी गरी दुई जनाको सिफारिस गरिएको छ ।  यो कसरी भयो ?', उहाँले भन्नुभयो । 

वडा नम्बर ८ की महिला वडा सदस्य मोतीपुरा तिरुवा र भेटेनरी कर्मचारी गङ्गाकुमारी चौधरीले विपन्न आवास कार्यक्रम बापत एक/एक लाख रुपैँया लगेको स्थानीय युवाहरुले जनाएका छन् । 

विपन्न आवासको रकम लगेका जनप्रतिनिधि र कर्मचारीले राजीनामा दिनुपर्ने वा तत्काल रकम फिर्ता गर्नुपर्ने उनीहरुकाे माग छ । वडा कार्यालयमा लगाइएको ताला सहमतिमा खुलेको वडा सदस्य रत्नबहादुर आलेले जानकारी दिनुभयो । आलेका अनुसार जनप्रतिनिधि र कर्मचारीलाई विपन्न आवासकाे लागि रकम प्रदान गर्ने भनी छनौट गरी पहिलो किस्ता रकम उनीहरुले लगिसकेका छन् । 

ताला लगाएपछि बुधबार बेलुका भएको छलफलमा छानबिन गर्ने, जनप्रतिनिधि र कर्मचारीले लिएको रकम फिर्ता गराउने सहमतिमा वडामा लगाइएको ताला खुलेको वडा सदस्य आलेले बताउनुभयो । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments