Incident Reports

करको विरोधमा वीरगञ्जका व्यापारीले फुकाले सर्ट–पाइन्ट

2020-06-03

Madhes, Parsa, Birgunj

लकडाउन लागू रहेको समयमा सरकारले कर बुझाउन ताकेता गरेको भन्दै वीरगञ्जका व्यापारीहरुले लगाएको सर्ट पाइन्ट फुकालेर विरोध जनाएका छन्।

वीरगञ्जको घन्टाघरमा उनीहरुले आफूहरुसँग केही नरहेको भन्दै सर्ट, पाइन्ट नै फुकालेर विरोध प्रदर्शन गरेका हुन्। सर्ट पाइन्ट नै सरकारलाई बुझाउने उनीहरुको भनाइ छ।

आज दिउँसो करिब साढे चार बजेतिर वीरगंजको घण्टाघरमा पुगेर व्यापारीको एक समूहले ‘व्यापारी मार्न पाइँदैन, सम्पूर्ण कर मिनाहा गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरे।

महिनौदेखि व्यापार ठप्प रहेको बेला सरकारले कर बुझाउन ताकेता गरेकाले विरोध गर्न बाध्य भएको वीरगञ्जमा किराना पसल सञ्चालन गर्दै आएका रविन्द्र महतोले बताए। उनले भने ‘पसल खुल्दैन, विक्री हुन्न, आम्दानी शून्य रहेको बेलामा सरकारलाई कहाँबाट कर बुझाउने हामीले ।’

वीरगञ्ज महानगर कमिटी नेकपाका अध्यक्ष रहबर अन्सारीले कलकारखानादेखि पसलसम्म बन्द रहेको समयमा कर बुझाउन सक्ने अवस्था नरहेको बताए।

‘आम्दानी एकसुको छैन, कर कहाँबाट बुझाउनु त्यसैले लगाएको लुगा नै करस्वरुप सरकारलाई बुझाउँछौँ।’

उनका अनुसार प्रदर्शनकारीहरुले विरोध स्वरुप निकालेका लुगाहरु भोलि आन्तरिक राजश्व कार्यालय वीरगञ्जमार्फत् अर्थमन्त्री युवराज खतिवडालाई पठाइने छ। सरकारले मंगलबार सूचना निकाल्दै जेठ २५ गतेसम्म व्यापारीहरुलाई कर बुझाउन आग्रह गरेको थियो तर उक्त कुराको चौतर्फी विरोध भएपछि आज थप समय बढाउँदै असार ७ गतेसम्म कर बुझाउन भनेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments