Incident Reports

लकडाउन अविधिभरको कर मिनाहाको माग गर्दै वीरगञ्जमा प्रदर्शन

2020-06-06

Madhes, Parsa, Birgunj

पर्सा । नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधिभरिको कर मिनाहाको माग गर्दै नेपाली काँग्रेसका नेता कार्यकर्ताले आज वीरगञ्जमा प्रदर्शन गरेका छन् नेपाली काँग्रेस पर्सा क्षेत्र नं १ को अगुवाइमा पार्टीका नेता कार्यकर्ताले वीरगञ्जको आदर्शनगर चोकमा विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनले सबै नेपालीलाई आर्थिक समाजिकरुपमा ठूलो असर पारेकाले सङ्कटको यस घडीमा लकडाउन अवधिभरको कर, बैंक ब्याज तथा बिजुलीको बिल माफ गरी सरकारलाई अभिभावकीय भूमिका निर्वाह गर्न नेपाली काँग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले आग्रह गरे । 

उनले लकडाउनका क्रममा उद्योग व्यापार ठप्प भई व्यक्तिको आम्दानीको स्रोत नै बन्द भएकाले सो अवधिको कर मिनाहा गरी सरकारले जनतालाई राहत दिन अति नै जरुरी रहेको बताए ।

देशकै ठूलो वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका सबै उद्योग, वीरगञ्जमा रहेका सबै पसल, व्यापार बन्द हुनुका साथै कृषि कार्यसमेत लकडाउनमा प्रभावित भई सबैले ठूलो आर्थिक नोक्सानी उठाइरहेका बेला सरकारले जनतालाई राहत पुर्याउँदै सबै कर र तिनमा लाग्ने ब्याज मिनाहा नगरे अहिले चलिरहेको भद्र अवज्ञालाई आउने दिनमा कडा पार्दै लैजाने नेता द्विवेदीले चेतावनी दिए ।

                                 






Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments