Incident Reports

क्‍वारेन्टाइन निर्माणमा स्थानीयको अवरोध 

2020-06-06

Karnali, Mugu, Mugum Karmarong

मुगु — गाउँका सामुदायिक भवनमा क्‍वारेन्टाइन बनाउँदा कोरोना संक्रमण फैलने भन्दै स्थानीयहरु विरोधमा उत्रिन थालेका छन् । झण्डै दर्जन स्थानमा स्थानीयले क्‍वारेन्टाइन बनाउन अवरोध गरेपछि भारतबाट फर्किएका नागरिकको व्यवस्थापन गर्न स्थानीय तहलाई हम्मेहम्मे परेको छ । 

मुगमकार्मारोङ गाउँपालिकास्थित सेरोगगार्डका स्थानीयले बाहिरबाट आएका नागरिकलाई ढुंगामुडा गर्दै लखेटेका छन् भने सोरु गाउँपालिकाको कालैस्थित विजय माविमा स्थानीयले क्‍वारेन्टाइन बनाउन अवरोध गरे । गाउँका सामुदायिक विद्यालयमा निर्माण गरिएका क्‍वारेन्टाइनका कारण कोरोना संक्रमणको जोखिम बढेको स्थानीय कमल शाहीले बताए । ‘पछिल्लो समय भारतबाट भित्रिएका मानिसका कारण कोरोना फैलन डर देखियो,’ उनले भने, ‘अधिकांश क्‍वारेन्टाइन गाउँका बीचमा छन्, समुदायमा संक्रमण फैलिए स्थिति भयाभह हुने देखिन्छ ।’ स्थानीयले गाउँ नजिकै क्‍वारेन्टाइन बनाउन नदिएपछि पाटन क्षेत्रमा प्लास्टिकका टनेलमा क्‍वारेन्टाइन बनाइएको सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । उनका अनुसार अहिले पाटन क्षेत्रका क्‍वारेन्टाइनमा १ सय ६७ जना भारतबाट फर्किएका व्यक्तिलाई राखिएको छ । रोग सर्ने डरले स्थानीयले गाउँमा क्‍वारेन्टाइन बनाउन नदिएपछि भारतबाट फर्किएका नागरिकलाई व्यवस्थापन गर्न गाह्रो भएको मुगमकार्मारोङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए । ‘कोरोना महामारीले गाउँबस्तीमा द्वन्द्व उत्पन्न हुन थाल्यो,’ उनले भने, ‘प्रहरी परिचालन गर्दा पनि केही ठाउँमा क्‍वारेन्टाइन निर्माण गर्न सकिएन ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Banishment/shunning
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments