Incident Reports

तीनै तहको सरकारविरुद्ध महोत्तरीमा नेविसंघको प्रदर्शन

2020-06-07

Madhes, Mahottari, Jaleswor

कोरोनाको महामारीको समय तीनै तहको सरकारले यसको रोकथामको लागि अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै महोत्तरीमा प्रदर्शन गरिएको छ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ महोत्तरीले तीनै तहको सरकार विरुद्ध आईतबार प्रदर्शन गरेको छ। महोत्तरीको जलेश्वरमा दर्जनौँको संख्यामा नेबिसंघका बिद्यार्थीहरुले सरकार बिरूद्ध प्रदर्शन गर्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई विभिन्न माग सहित ज्ञापन पत्र बुझाएका छन्।

महोत्तरी जिल्लामा जलेश्वर अस्पतालमा मात्र कोभिड-१९ उपचार केन्द्र बनाइएपनि सो आइसोलेसनको क्षमता ५० बेड मात्रै रहेको छ। अहिले धेरै जना संक्रमितहरु आइसोलेसन बाहिर रहेका छन्।

यस्तो जोखिमपुर्ण अवस्थामा तीनवटै तहको सरकारसँग नेपाल बिद्यार्थी संघ महोत्तरीले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद व्यवस्थापन समक्ष ज्ञापनपत्र समेत बुझाएका छन्।

ज्ञापनपत्रमा पिसिआर चेकजाँच क्षमता बढाउनुपर्ने र महोत्तरी जिल्लाका लागि छुट्टै पिसिआर मेसिनको व्यवस्था मिलाउनुपर्ने, प्रत्येक वडामा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप अनिवार्य रूपमा क्वारेन्टाइनको संख्या बढाई क्वारेन्टाइनलाई व्यवस्थापन गर्नुपर्ने, कोभिड–१९ उपचार केन्द्र थप गर्दै भेण्टिलेटर सहितको आइसोलेसनको संख्या बढाउनुपर्ने, सीमामा फँसेका नागरिकहरुलाई व्यवस्थित तरिकाले उद्धार गर्नुपर्ने, गरिब विपन्न परिवारलाई समयमै राहतको व्यवस्था मिलाउनुपर्ने, लगायतका माग सहित प्रमुख जिल्ला अधिधकारीलाई ज्ञापन पत्र बुझाएको नेपाल बिद्यार्थी संघ महोत्तरीका अध्यक्ष आशुतोष झा नविनले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments