Incident Reports

जनकपुरमा गाई काटने विरुद्ध जुलुस निकालिएपछि...

2020-06-07

Madhes, Dhanusha, Janakpur

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज (आईतबार) गाई काटने विरुद्ध नाराजुलुस गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।  जनकपुरको स्टेशन एरियादेखि भानुचोकसम्म हिन्दु एकता जिन्दावाद, जय श्री राम लेखिएको बैनर सहित आउँदा प्रहरीले हस्तक्षेप गरी पुनः स्टेशन एरियासम्म लखेटेका छन् । गत जेठ २२ गते भैंसीको भन्दै गाई काटेर मासु बिक्री गरेको भन्दै सोही आरोपमा युवाहरुले गाई काटन पाउँदैन भन्दै नारा घन्काएका हुन् । प्रदेश नं. १ को मोरँग जिल्ला विराटनगर वडा नं. १७ मा गाई काटेर मासु विक्री गरेको विरोधमा युवाहरुले जुलुस प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।  गाईको मासु बेचेको आरोपमा स्थानीय २८ वर्षीय सोहिल मियाँलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको हो । गाई काटेर मियाँले भैँसीको मासू भनेर बेच्दै गर्दा १० किलो गाईको मासू सहित पक्राउ परेका थिए । सोही विरुद्धमा जनकपुरका युवा सुभाष कुवँरको नेतृत्वमा दर्जन बढी युवाहरुले नाराजुलुस गरेका छन् ।  गत जेठ २१ गते राती नै मासु काटेकाहरूले धेरै मासु भने भैंसीको भन्दै बिक्री गरिसकेका थिए । स्थानीयले सूचना दिएपछि पुगेको प्रहरीले मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मियाँलाई पशुपन्छीसम्बन्धी कसुर ऐनको आधारमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जनाइएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Religious sectarianism
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Other Hindu Nationalist and Regional Unity Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments