Incident Reports

भरतपुरबाट अवैध हतियारसहित १ जना पक्राउ

2020-06-10

Bagmati, Chitawan, Bharatpur, Ward 11

चितवन । अवैध हतियार पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुुर महानगरपालिका–११ का २० वर्षीय सुजन सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई गणेशस्थानबाट पक्राउ गरिएको हो ।   उनको कोठामा लुकाइराखेको अवस्थामा नौ एमएमको पेस्तोल एक थान, फायर भएकोजस्तो देखिने गोली १० थान, खोका दुई थान बरामद भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ अन्तर्गत हतियार तथा खरखजनासम्बन्धी कसूरमा अनुसन्धान तथा कारवाही गरिने उनले जानकारी दिए । सोमबार पक्राउ परेका उनको अनुसन्धानपछि प्रहरीले आज जानकारी गराएको हो ।  


National/Online Media

0 Comments