Incident Reports

पूर्वाधारको सडक – सव वेसमा माटो र बालुवा हालिएपछि स्थानीयवासी विरोधमा

2020-06-10

Province 1, Sunsari, Inaruwa, Ward 6

इनरुवा, २८ जेठ । सुनसरीको इनरुवामा पूर्वाधार विकास कार्यालय विराटनगर मार्फत बन्दै गरेको सडकमा सव–वेसका लागि झारिएको सामग्री कमसल भएको भन्दै स्थानीयले बिरोध जनाएका छन् ।

सडक सव–वेस गर्ने क्रममा झारिएको गिटीको विषयमा वडादेखि स्थानीयवासी सम्मले असन्तुष्टि जनाएका छन् । स्थानीयले खबरदारी स्वरुप गलत कामको विरोध जनाएको बताएका छन् ।वडाकै नाम कहलिएका व्यक्तिहरुलेनै गिटी झार्ने जिम्मा लिदा यतिबेला उनीहरुको कामको विषय चौतर्फी आलोचित बन्न पुगेको छ । गिटी झार्ने ठेक्का लिएकाहरु गाउँकै अगुवा र प्रतिष्ठित व्यक्तिहरु भएका कारण समेत उनीहरुको विरुद्धमा स्थानीयले खुलेर आवाज उठाउन नसक्दा कमसल सामग्रीको प्रयोग नरोकिएको जानकारहरु बताउँछन् ।

वडा कार्यालयले आफुहरुको पटक पटकको ताकेताका बाबजुद कमसल सामान झार्ने काम नरोकिएको बताएको छ । वडाले स्थानीयको अत्याधिक गुनासो आएपनि आफुले केही गर्न नसक्ने प्रतिकृया दिएको छ । उसले सो विषयमा साइड हेर्ने प्राविधिक र सम्वन्धित कार्यालयमा जानकारी गराएको बताएको छ । वडावासीको गुनासो र उठेका सबै विषय छर्लङगै रहेको बताउने वडा नम्बर ६ का अध्यक्ष कोषराज अधिकारी प्राविधिक समेतले कमसल भनेको काम रोकाउन नसक्नुलाई पूर्वाधार विकास कार्यालय बिराटनगरकै कमजारी भएको बताउँछन् ।

स्थानीयहरु सव वेसका लागि झारिएको सामान फिर्ता लैजानुको विकल्प नरहेको बताउँछन् । कमसल सामग्रीले सडक बिग्रने भन्दै तोकिएको मापदण्ड अनुसारको गिटी झार्नु पर्ने उनीहरुको माग छ । स्थानीयहरुको बुझाईमा गाउँकै नाम कहलिएका, अग्रज र सामाजिक पहिचान बनाएका व्यक्तिहरुबाटै कमसल काम गराइनु निकै नै दुःखद र खेदजनक छ ।

कमसल सामान झारिएको विषयलाई निर्माणाधीन सडक हेर्ने साइड इञ्चार्ज समेत रहेका जितेन्द्र यादव समेतले पुष्टि गरेका छन् । उनले माटोको मात्रा सुरुवाती अवस्थाबाटै बढी पाइएको बताए । सो विषयमा ठेक्का पाएको पक्षलाई पटक पटक जानकारी गराउँदा समेत अटेर गरी सामान झार्ने क्रम नरोकेको उनले बताए । आफुलाई नटेरेपछि ल्याबमा परीक्षण गर्न पठाएको समेत उनले जानकारी दिए । उनको बुझाईमा बढीमा २० देखि ३० प्रतिशत माटो हुनु पर्नेमा ५० प्रतिशत बढी माटोको मात्रा स्पष्ट देखिन्छ ।

उता सव वेसकालागि गिटी झार्ने सम्झौता पाएको समितिका योगेन्द्र गिरीले आफुहरुले सामान झार्ने क्रममा केहि टिप कमसल सामग्री परेको हुन सक्ने बताए । त्यस्तो गिटीको हकमा आफुहरु सुधार गर्न तयार रहेको उनले बताए । गिरीले सामान्य विषयलाई अतिरञ्जित गर्न खोजी आफुहरुको बदनाम गराउने प्रयत्न भएको दावी गरे ।

तीन सय बढी टिपर गिटी झारिएकोमा सबै नराम्रो छ भन्न नमिल्ने उनको भनाइ छ । गिरीले भने, “पूर्व गाविस उपाध्यक्ष समेत रहेका लक्ष्मण कार्की, सामाजिक अगुवा लोकबहादुर थापा, सुवास खड्का र उत्तम कार्की लगायतका व्यक्तिहरु मिलेर काम गरेका छौं । जो सबै समाजमा प्रतिष्ठित छन् । जसले बदनियतपूर्ण काम गर्नै सक्दैन् । कहींकतै मिस्टेक भएको भए सुधारेर अघि बढ्न तयार छौं ।”

स्थानीयहरु भने पहुँच र दम्भका आधारमा जबरजस्ती काम लाद्ने प्रयत्न भएको बताउँछन् । बढी मुनाफाको लोभमा कमसल सामग्री झारिएको दाबी गर्ने उनीहरु सामाजिक क्षेत्रमा अग्रज र राजनैतिक तवरमा समेत पहुँच राख्ने व्यक्ति भएकाले वडा कार्यालयले समेत काम रोकाउन नसकेको उनीहरुको बुझाई छ ।

इनरुवा ५–६ हुँदै रामधुनी देखि सैनिमैनी जोड्ने खण्ड सडक कालोपत्रे सहितको निर्माणको क्रममा छ । निर्माणाधीन सडक खण्ड अन्र्तगत इनरुवा ६ को कार्यालय हुँदै झकनझोरा तर्फ योगेन्द्र गिरी सहितका व्यक्तिहरुले सव वेसकालागि गिटी झार्ने काम गर्दै आएका छन् ।

आवश्यक संरचना सहित कुल सडक कालोपत्रेको बजेट भने भ्याट सहित ३२ करोड ८६ लाख ६ हजार ९ सय १८ रुपैंया ६० पैसा रहेको छ । सडक निर्माणको ठेक्का भने शर्मा भिमेश्वर जेभी सूर्यविनायक भक्तपुरले पाएको हो । स्थानीय स्तरमा भने उक्त निर्माण कम्पनीले पेटीमा अन्य ठेकेदार मार्फत काम लगाउँदै आएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth unknown
National/Online Media

0 Comments