Incident Reports

रौतहटमा युरिया मलको कालोबजारी

2020-06-10

रौतहट । रौतहटमा किसानका लागि अत्यावश्यक मलमा कालोबजारी सुुरु भएको छ । लकडाउनका कारण जेठकोे अन्तिम सातासम्म पनि मल उपलव्ध नभएपछि कालोबजारी सुरु भएको हो ।  किसानलाई यो बेला उखु, मकैबाली र धानको बीउ लगायतका बालीमा युरिया मलको आवश्यकता पर्ने गर्दछ । यहि मौका छोपी बजारमा मलको कालोबजारी सुरु भएको छ । जिल्लाका अधिकांश बजार बन्द रहेका कारण सहजरुपमा मल उपलब्ध हुनसकेको छैन । किसानको माग अनुसार युरिया मल उपलब्ध हुन सकेको छैन तर कतिपय ब्यापारीले लुकिछिपी कालोबजारी गरिरहेको चन्द्रपुर नगरपालिका सिन्धुरिघारीका किसान बिनोद सापकोटाले बताए। मल उपलब्ध गराउन स्थानीय तहले समेत चासो नदिएको सापकोटाले गुनासो गरे । 

यता अर्का किसान बृन्दावनका स्थानिय वासिन्दा राम गणेशका अनुसार बजारमा सहजै मल नपाउदा धानको बीउ राख्न समस्या भएको बताए । यता लकडाउनको बहानामा रौतहटका केही ग्रामीण बजारमा युरिया मल गोदाममा कालोबजारी सुरु भएको पाइएको छ । चन्द्रपुरको चेतनगर लगायतका ग्रामिण बजारका केही व्यापारीले ७ सय ५० रुपैयाँ पर्ने युरिया मल १ हजार देखी १२ सय सम्ममा बिक्री गरिरहेको किसानहरुले गुनासो गरेका छन् । 

जिल्लाको १८ वटा स्थानीय तहमध्ये अधिकांश ग्रामीण भेगमा किसान पिडामा छन् तर स्थानीय जनप्रतिनिधीले उनीहरुका माग सम्बोधन नगरेको गुनासो आइरहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले मल र दैनिक उपभोग्य बस्तुको सामानमा कालोबजारी गरिएको पाईएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments