Incident Reports

खाेटाङ : ऐंसेलुखर्ककाे २ नम्बर वडा कार्यालयमा ताला

2020-06-10

Province 1, Khotang, Ainselukhark, Ward 2

खोटाङ - भवन निर्माण गर्ने विषयलाई लिएर खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा ताला लगाइएको छ । 

वडा कार्यालयको भवन निर्माणका क्रममा वडाध्यक्ष सन्तवीर तामाङले आफुखुसी गरेको भन्दै चार वडा सदस्य एवं असन्तुष्ट स्थानीयले बुधबार वडा कार्यालयमा ताला लगाएका हुन् । 

वडा कार्यालयको भवन निर्माणका लागि चार वडा सदस्यलाई थाहै नदिइ उपभोक्ता समिति गठन गरिएको, भवन कस्तो बनाउने भन्ने इन्जिनियरिङ इस्टिमेट नबनाइएको, हालसम्म भवन बनाउने जग्गा छनौट नभएको, अघिल्लो योजनामा पदाधिकारी रहेर हालसम्म योजना सञ्चालन गरिरहेका व्यक्तिलाई समेत भवन निर्माण उपभोक्ता समितिमा पदाधिकारी राखिएको भन्दै उनीहरुले वडा कार्यालयमा ताला लगाएका हुन् ।

भवन निर्माणका क्रममा भएका कमजोरी नसच्याएसम्म ताला नखुलाइने वडा कार्यालयमा टाँसिएको विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाबाट विनियोजन गरिएको २५ लाख बजेटबाट बाकाचोलमा वडा कार्यालयको भवन निर्माण गर्न लागिएको हो । 

यसअघि पनि वडाध्यक्ष तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै गत पुस ७ गते वडासदस्य जयकुमार तामाङले वडा कार्यालयमा लगाएको ताला गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल लगायतको उपस्थितिमा सहमतीमा पुस १४ गते खुलाइएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments