Incident Reports

‘जनतालाई खै खाना ? सरकारलाई जीमखाना’लगायतका नारा लाउँदै ग्वार्कोमा सरकारविरुद्ध प्रदर्शन

2020-06-10

Bagmati, Lalitpur, Lalitpur

ललितपुर, २८ जेठ । सरकारको कर ताकेता, लकडाउन र कोरोना भाइरस संक्रमणको बढ्दो विस्तारप्रति असन्तुष्टि जनाउँदै निरन्तर प्रदर्शन भइरहेका छन् ।बुधबार ललितपुरको ग्वार्कोमा पनि बिभिन्न नाराहरु लाउँदै सामाजिक दूरी कायम गरेर विरोध प्रदर्शन भएको छ ।

सामाजिक सञ्जालमार्फत गरिएको आह्वान पछि भेला भएकाहरुले ‘कर के का लागि, जनतालाई खै खाना, सरकारलाई जीमखाना, बाँच्नलाई हाकाकार मरेपछि पीसीआर, भ्रष्टाचार कि पीसीआर लगायतको नारा लेखिएका पोष्टरहरु बोकेर प्रदर्शन गरिएको थियो ।

राष्ट्रिय गान गाएर समापन गरिएको विरोध कार्यक्रममा उल्लेख्य र स्वतस्फुर्तरुपमा ठूलो संख्यामा सबै उमेरका व्यक्तिहरुको सहभागिता रहेको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments