Incident Reports

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

2020-06-10

Karnali, Dolpa, Thuli Bheri

नागरिक दैनिक डोल्पाका संवाददाता तथा पत्रकार महासंघ डोल्पाका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटालाई कार्की निर्माण सेवाका प्रोपराइटर तथा प्रवेश एण्ड प्रभात निर्माण सेवाका प्रतिनिधि दुधसिं कार्कीले मार्ने धम्की दिएका छन् ।

इन्सेक डोल्पा जिल्ला प्रतिनिधि समेत रहेका देवकोटालाई धम्की दिएकोबारे नेपाल पत्रकार महासंघ डोल्पाले जेठ २८ गते प्रेस विज्ञप्ति जारी गरी घटनाको छानविन गर्न आग्रह गरेको छ । समाचार लेखनको क्रममा केही त्रुटी भए कानुनी उपचार खोज्नुपर्नेमा मार्ने धम्की दिनुले पत्रकार असुरक्षित भएको विज्ञप्तिमा उल्लेख छ ।

नागरिक न्युज अनलाइनमा ०७७ जेठ २५ गते ‘सम्झौता अनुसारको काम नभएको सडक निर्माणमा रकम निकासा सिफारिस, स्थानीयद्वारा विरोध’ भन्ने समाचार प्रकाशित भएको थियो । सोही समाचारमा फर्मको नाम उल्लेख गरेको भन्दै कार्कीले फोनमार्फत ज्यान मार्ने धम्की दिएको पत्रकार देवकोटाको भनाइ छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC

0 Comments