Incident Reports

पोखरामा पनि सरकारको बेथिति विरुद्ध प्रदर्शन

2020-06-11

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा, २९ जेठ । सरकारलाई कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण र व्यवस्थापनमा संवेदनशील तथा जवाफदेही बनाउने उद्देश्यले आज बिहीबार दिउँसो पोखरामा स्वतन्त्र युवाहरुले मौन तथा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले केही युवाहरुलाई प’क्राउ समेत गरेको छ ।

युवाहरुले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सहिदचोकमा सयौंको संख्यामा उपस्थित भएर सरकारलाई संवेदनशील नभएको भन्दै विभिन्न नाराहरु लेखिएको ब्यानर/प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

स्वतन्त्र युवाहरूकाे मौन तथा शान्तिपूर्ण प्रदर्शनमा अन्त्यमा केही राजनीतिक दल सम्बद्ध युवाहरुले दलगत नारा लगाई शान्तिपूर्ण प्रदर्शनमा अभद्र व्यवहार गरेको भन्दै आयोजक समितिकी सदस्य मध्येकी एक मोनिका रानाभाटले सामाजिक सञ्जाल मार्फत् घोर निन्दा व्यक्त गरिन् । 

समितिले कार्यक्रमको मापदण्ड विपरीत कार्य गर्ने ती दलका कार्यकर्ताहरुसँग आयोजकको कुनै सम्बन्ध नरहेको जानकारी पनि गराएको छ ।

कार्यक्रममा उल्लेख्य संख्यामा उपस्थित भएका युवाहरुले १०० प्रतिशत पीसीआर परीक्षण लागू गर, दश अर्ब खोई ? क्वारेन्टाइनको स्थिति सुधार गर, डब्लुएचओको मापदण्ड पालना गर, धारा ३५ को स्वास्थ्यसम्बन्धी अधिकारको पालना गर, कर केका लागि ?, हे सरकार असक्षमता हात धोएर निको हुँदैन, असुरक्षित क्वारेन्टाइन बन्द गर, सक्षम सरकारको लक्षण पारदर्शिता र दुरदर्शिता लगायत नारा अंकित प्लेकार्ड बोकेर युवाहरुले विरोध प्रदर्शन गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments