Incident Reports

सरकारविरुद्ध जलेश्वरमा काँग्रेसको मौन धर्ना

2020-06-11

Madhes, Mahottari, Jaleswor

जनकपुरधाम, जेठ २९ गते । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाममा तीनै तहको सरकारले राम्रो काम नगरको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली काँग्रेसका नेताकार्यताहरुले सरकारको विरोध स्वरुप मौन धर्नामा बसेका छन् ।

बिहीवार शंकर चोकमा काँग्रेस नेता वजरंग नेपालीको नेतृत्वमा विहान ११ बजेदेखि साढे ११ बजेसम्म धर्ना दिएका हुन ।समाजिक दुरी कायम राखि चर्को घाममा बसेका नेपाली काँग्रेसका नेताहरुले विभिन्न नारा लेखेका प्ले कार्ड हात हातमा लिई धर्नामा बसेका थिए ।

भारतबाट क्रमिक रुपमा स्वदेश आउनेको संख्यामा बृद्धि भएतापनि उनीहरुलाई व्यवस्थापन गर्नका निम्ती तीनै तहका सरकार चुकेकोले उनीहरुलाई दवाव स्वारुप विरोध गरेको नेपाल विद्यार्थी (नेवि) संघका महोत्तरी अध्यक्ष आशुतोष झाले जानकारी दिए ।

सरकार जिम्मेवारी बाट पन्छिएपछि संक्रमितको स्वास्थ परिक्षण हुने वा नहुने अवस्था सृजना भएको भन्दै उनीहरुले यथाशिघ्र क्वारेन्टिन, आइशोलेसनको मापदण्ड अनुरुप व्यवस्थापन गरी उपचारको माग गरेका छन् ।

सरकारको गैर जिम्मेवारीपन मानवता विरोधी कार्यले अवस्था झनै दयनीय बन्ने भन्दे सरकारलाई फेरीपनि सचेत हुन उनीहरुले आग्रह गरेका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments