Incident Reports

रिपोर्टमा ढिलाइ भएपछि कोरोना संक्रमितहरु आन्दोलित, प्रहरीको लाठीचार्जबाट चार घाइते

2020-06-14

Karnali, Dailekh, Narayan, Ward 1

दैलेख : दैलेखको सदरमुकामस्थित नारायण नगरपालिका–१ को त्रिभुवन माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका कोरोना संक्रमितहरु आन्दोलनमा उत्रिएका छन् ।

नारायण नगरपालिकाका विभिन्न वडाका कोरोना संक्रमितहरुलाई त्यहाँ राखिएको थियो । नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठका अनुसार २९ जना पीसीआर पोजिटिभ सहित ४३ जनालाई त्यहाँ राखिएको छ । उनीहरुको गत जेठ २७ गते दोस्रो पटक स्वाब संकलन गरेर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

स्कुलको क्वारेन्टाइनमा बसेको एक महिना बितिसक्दा समेत ल्याबको रिपोर्ट आउन ढिलाइ भएको र आफूहरु घर जान पाउनुपर्ने माग राख्दै त्रिभुवन माध्यामिक विद्यालयको गेट अगाडि सडकमै आन्दोलनमा उत्रिएका कोरोना संक्रमितहरुलाई प्रहरीले लाठी चार्ज समेत गरेको छ । प्रहरीको लाठी चार्जबाट चार जना घाइते भएको बताइएको छ ।

घाइतेहरुलाई सरस्वती मावि तर्ताङ्गस्थित दैलेख अस्पतालको आइसोलेसन बार्डमा लगिएको छ । आन्दोलनमा उत्रिएका कोरोना संक्रमितहरुका अभिभावकले नगरपालिकाका जनप्रतिनिधिहरुले नै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बोलाएर लाठी चार्ज गरेको आरोप लगाएका छन् ।

एक कोरोना संक्रमित युवाका बुबा सुर्यप्रसाद रेग्मीले भने ‘मेरै आँखा अगाडी मेरो छोरालाई कुटपिट भयो, घरबाट केही सामान लिएर आएको थिएँ, त्यो सामान दिन समेत पाइन, कि त रिपोर्ट छिटो निकाल्नुप¥यो, नभए घर पठाइदिनुप¥यो, यसरी किुटपिट गर्न पाइँदैन ।’

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार दोस्रो पटकको रिपोर्ट आउन ढिलाइ भएको र आफहरु घर जान पाउनुपर्ने माग राख्दै बजारमै आएर आन्दोलन गर्दै गालीगलौज गरेपछि लाठी चार्ज गर्नुपरेको हो । ‘स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको हो,’ प्रहरी निरीक्षक आचार्यले भने ‘आन्दोलनमा उत्रिएकाहरु लट्ठी लिएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि लाठी चार्ज गर्नुपरेको हो ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media

0 Comments